विश्वकप लिग–२  नेपाल र नामिबिया खेल्दै

काठमाडाैं | फागुन ३, २०८०

विश्वकप लिग–२  नेपाल र नामिबिया खेल्दै

काठमाडौं:    आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४–२७ सिजनको पहिलो सिरिज नेपालमा आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा नेपाल र नामिबिया भिड्दैछन् ।


टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल विहान ९:३० बजे सुरु हुनेछ । दुवै टोलीले जितका साथ लिग–२ को सुरुवात गर्न चाहन्छन् । नेपालले घरेलु मैदानमा भएको अघिल्लो भेटमा नामिबियालाई दुवै अवसरमा हराएको थियो । यता नामिबिया भने यसपटक उक्त हार बिर्साएर सुखद सुरुवातको लक्ष्यसहित आएको छ ।


गत वर्ष कुशल भुर्तेलले नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए । त्यस्तै पूर्वकप्तान पारस खड्काले पनि २०१६ मा टियु मैदानमै नामिबियाविरुद्ध शतक बनाएका थिए ।


नेपालले आजको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको साथ पाउनेछैन । नामिबियाले पनि अलराउन्डर डेविड विजाबिना नै आफ्नो टोली घोषणा गरेको छ ।


नेपालको टोली:   रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ


नामिबियाको टोली:   जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि(इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे, मलान क्रुगर

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

थप पढ्नुहोस्

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

थप पढ्नुहोस्

ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा...

थप पढ्नुहोस्